Nepal Purbadhar

दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण


वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो ।

अर्जुनचौपारी बजारलाई दुई भागमा विभाजन गर्दै दरौं खोला बगेको छ । मुख्य बजारको बीच भागमा तीन दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो । झोलुङ्गे पुलमा प्रयोग गरिएको काठ कुहिएपछि दुर्घटनाको जोखिम थियो । स–साना बालबालिकालाई विद्यालय जान असहज भएको थियो ।

“पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको थियो”, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले भने, “बजारको बीच भागमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’ को डिजाइन गरी पुल निर्माण गरेका हौं ।”

संघीय सरकारको २९ लाख रुपैयाँ, गाउँपालिकाको २० लाख रुपैयाँ र स्थानीयवासीको एक लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ३२ मिटर छ ।


Read Previous

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन

Read Next

विद्युत व्यापारका लागि निजी क्षेत्र योग्य भइसकेको छ, सरकारले बाटो खोलोस्ः इप्पान अध्यक्ष आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar