Nepal Purbadhar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडै सुरु गरिनेः अर्थमन्त्री डा. महत


काठमाडौ । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सुरु गर्ने बताएका छन् ।

सोमबार संसदमा सरकारको बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै महतले यस्तो बताएका हुन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको कारण राजधानी नजिकको क्षेत्रमा अर्को विमानस्थल निर्माणको कुरा भईरहँदा उनले यस्तो घोषणा गरेका हुन । विगत लामो समयदेखि यो विमानस्थल निर्माण अघि बढाउने योजना अघि बढाएपनि हालसम्म यसको ढाँचा ऐकिन गरिएको छैन । मन्त्री महतले यसको कार्यान्वयन ढाँचा चाँडै टुंग्याउने उल्लेख छ ।

उनले निजगढ विमानस्थलको वातावरण प्रभाव मूल्यांकन लगायतका कार्यलाई पनि अघि बढाइने जानकारी दिए ।


Read Previous

पर्यटन प्रर्वद्धन गर्न सन् २०२३-२०३२ पर्यटन दशक घोषणा

Read Next

बजेट २०८०/०८१ : वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत