Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बजेट २०८०/०८१ : जलाशय जलविद्युत आयोजना र प्रसारण लाइनमा लगानी गर्न हरित फन्ड र ऊर्जा बन्ड जारी गरिने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०८०/८१) मा ठूला जलाशय जलविद्युत आयोजना तथा प्रसारण लाइनको पूर्वाधार निर्माण गर्न हरित फन्ड तथा ऊर्जा बन्ड जारी गरिने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आवमा ऊर्जा क्षेत्रका पूर्वाधार निर्माणमा हरित फन्ड तथा ऊर्जा बन्ड जारी गरिने घोषणा गरेका हुन् ।

उनले पूर्वाधार परियोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सभागितामा पूर्वाधर फन्ड स्थापना सम्बन्धि कानुनी व्यवस्था गरिने पनि घोषणा गरे । उनले राष्ट्रिय प्राथमिकताका ठूला आयोजनामा पिपिपि मोडलमा हाइब्रिड एनयुटी मोडलबाट निर्माण गर्न सक्ने गरी कानुनी व्यवस्था मिलाइने पनि बताए । साथै, पूर्वाधार विकासमा वैदेशिक लगानी प्रवद्र्धन गर्न लगानी बोर्डको क्षमता विकास गरिने उनले बताए ।

तुलनात्मक लाभका क्षेत्रमा पनि वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गरिने अर्थमन्त्री महतले बजेट भाषणमा घोषणा गरे । उनले द्रुतमार्ग सुरुङमार्ग, जलाशय जलविद्युत आयोजना लगायत ठूला सम्भावित आयोजनाको पहिचान तथा पूर्व तयारीका काम सम्पन्न गरी विदेशी लगानीका लागि प्रस्ताव आह्वान गरिने बताए ।

अन्तर्राष्ट्रिय वित्त बजारबाट दीर्घकालिन पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने उनले बताए । उनले निजी क्षेत्रलाई विदेशी वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न सहजिकरण गरिने बताए ।

उद्योगमा स्वच्छ तथा हरित ऊर्जाको उपयोगलाई प्रोत्साहन गर्न प्रविधि विकास कोष मार्फत अनुदान प्रदान गरिने पनि मन्त्री महतले घोषणा गरे ।


Read Previous

उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

Read Next

एक महिनाभित्रै वातावरण प्रभाव मूल्यांकनको स्वीकृति गरिने

Leave a Reply

Your email address will not be published.