Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

नख्खु–भैसेपाटी सडक क्षेत्रका स्थानीयले भोग्नुपरेको धुलो र हिलोको सास्ती ३ साताभित्र बन्द गरिने


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले करिब ५ वर्षदेखि बन्न नसकेर समस्याग्रस्त बनेको नख्खु– भैसेपाटी सडक ३ साताभित्र सम्पन्न हुने बताएका छन् ।

नख्खु, भैसेपाटीका स्थानीय तथा सडक प्रयोगकर्ताले लामो समयदेखि त्यस सडकखण्डमा धुलो र हिलोको सास्ती भोग्दै आएका छन् । स्थानीयबाट चर्को आलोचना भएपछि मन्त्रालय र सडक विभागले सडक मर्मतको काम अघि बढाएका थिए । ‘जेठभित्रै मूख्य निर्माणको काम सम्पन्न हुनेछ, स्थानीयले भोगिरहेको सास्ती हट्नेछ’ सोमबार सडकको स्थलगत अवलोकनपछि मन्त्री ज्लालाले भने ।

सडक मर्मतको काम अपेक्षित रफ्तारमा काम नहुँदा स्थानीयलाई सास्ती खेपिरहनु परेको थियो । सडक मर्मतसँगै खानेपानी, ढल, विद्युत् लगायतका निकायसँग पनि छलफल गर्ने र सडक मर्मतलाई पनि सम्पन्न गर्ने गरी काम भइरहेको मन्त्री ज्वालाको भनाइ छ । ‘अहिले सडक आयोजना कार्यालय र निर्माण व्यवसायीको बीचमा पनि समन्वय भएको र कामले गति लिदै गएको छ’ उनले भने ।

मन्त्री नियुक्त भएको केही दिनमा नै स्थलगत अवलोकनमा गएका मन्त्री ज्वालाले त्यस बेलाको अवस्थाको तुलनामा काममा प्रगति देखिएको उल्लेख गरे । ‘कामले गति लिएको कारण परिणाम देखिने अवस्थमा पुगेको छ’ उनले भने । यस पटकको स्थलगत अवलोकनमा थप देखिएका समस्या र त्यसलाई समाधान गर्ने गरी भ्रमण गरिएको हो ।

स्थलगत भ्रमणको क्रममा केही दिनभित्रै सडक कालोपत्रे हुने निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् । निर्माण व्यवसायीले सडक कालोपत्रे गर्नको लागि आवश्यक मुख्यमुख्य काम सम्पन्न गर्ने उल्लेख गरे । मन्त्री ज्वालाले अब स्थलगत अवलोकनभन्दा पनि अन्य तरिकाबाट निगरानी गरिने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले नख्खु– भैसेपाटी सडक मर्मतमा खानेपानीदेखि ढल व्यवस्थापनसम्मको समस्याको कारण ढिलाइ भएको उल्लेख गरे । ‘अब त्यसको लागि थप समय लगाउने वा ढिलाइ गर्ने अवस्था छैन’ उनले भने । स

डक विभागका महानिर्देशक सुशीलबाबु ढकालले तोकिएको समयमा सडक मर्मत नहुँदा स्थानीयलाई मर्का परेको तर अब त्यो अवस्था नरहने बताए ।


Read Previous

अरुण तेस्रोकाे विद्युत प्रवाह हुने प्रसारण लाइनकाे रुटमा ५९७ टावर निर्माण हुने

Read Next

ठमेलमा बाराही ग्रुपको नयाँ होटल ’बाराही काठमाडौं’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी

Leave a Reply

Your email address will not be published.