Nepal Purbadhar

महासंघकाे सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् । सूचना तथा प्रविधि क्षेत्रमा जानकार रहेका उनी मुलुकको प्रतिष्ठित व्यापारिक घराना भित्र पर्छन । २ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन । उनी हाल एक दर्जन भन्दा बढी व्यावसायमा संम्लग्न रहेका छन ।

‘मेरो कार्यकालमा सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोगमा ल्याईनेछ’ उनले भने ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम भूमिका खेल्नेछ ।’ यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सुरेन्स समितिको उपाध्यक्ष भई उनले सफल कार्यकाल पुरा गरिसकेका छन ।

मनोनयको प्रमाणपत्र बितरण गदै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसंगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोग सहित महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त्त रुपमा अघि बढाउन सहयोग पुग्ने दाबी गरे ।

Facebook Comments

Read Previous

घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

Read Next

समस्याग्रस्त जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने सरकारको तयारी, यसकारण भत्किएकाे थियाे जब्दिघाट पुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar