Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

सुपर दोर्दी ‘ख’ बाट विद्युत उत्पादन सुरु


काठमाडौं । लमजुङको दोर्दी खोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले  विद्युत उत्पादन सुरु गरेकाे छ । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाकाे विभिन्न चरणकाे परीक्षणपछि शनिबारदेखि विद्युत उत्पादन सुरु भएकाे हाे ।

व्यापारिक उत्पादन सुरु गरेको आयोजना निर्देशक अर्जुन गौतमले जानकारी दिए । उनका अनुसार, परीक्षण प्रसारण सकेर शनिबारदेखि व्यापारिक रुपमै आयोजनाको बिजुली केन्द्रित ग्रीडमा जोडिएको छ ।

दोर्दी खोलामा निर्माण भएकामध्ये सबैभन्दा ठूलो आयोजनाको रुपमा लिइने सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना नेपालमा निजी क्षेत्रको सहभागितामा निर्माण भएका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ८६ मेगावाटको सोलु दुधकोशी, ६० मेगावाटको खिम्तीपछिको चौथो ठूलो आयोजना हो ।

नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख शुरेस भट्टराईका अनुसार, शनिबारदेखि केन्द्रीय ग्रीडमा ५४ मेगावाट थपिएसँगै नेपालको कुल विद्युत उत्पादन क्षमता २७ सय मेगावाट पुगेको छ ।

२०७४ सालमा सुरु भएको आयोजनाको निर्माण कार्य २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर कोभिड, नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी लगायतका कारणले आयोजनाको निर्माणमा ढिलाई भएको आयोजना निर्देशक गौतमले जानकारी दिए ।

लमजुङको दोर्दी गाउँपालिकामा निर्माण भएको आयोजनाबाट हिउँदमा ५३.०३ गिगावाटआवरसहित बार्षिक ३१४.९८३ गिगावाट आवर उत्पादन गर्ने लक्ष्य राखेको छ । भूमिगत विद्युत प्रणाली रहेको आयोजनाको २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो ।


Read Previous

बेतौना-विराटनगर सडककाे काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन   

Read Next

तीव्र आर्थिक वृद्धि गर्न पर्यटन, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार आवश्यक छ

Leave a Reply

Your email address will not be published.