Nepal Purbadhar

गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे


काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाटको बाके-२ सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण सम्पन्न भएको यो आयोजनाको विद्युत बिहीबार मध्यान्नदेखि प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत १५ किलोमिटर दुरीमा रहेको कोहलपुर सबस्टेसनमा लगेर जोडिएको ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले जानकारी दिए । उनका अनुसार अहिले ‘नो लोड’ मा आयोजना प्रसारण प्रणालीमा जोडिएको छ ।

सबस्टेसनसम्म आयोजनाको प्रवद्र्धक कम्पनीले नै ३३ केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । ‘हामीले निर्माणाधीन २ मध्ये एउटा सौर्य विद्युत आयोजनाबाट बिहीबारदेखि विद्युत उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘अहिले नो लोडमा आयोजना प्रणालीमा जोडिएकाले अब ट्रान्सफर्मरहरू चार्ज गर्दैछौं ।’ उनले सबै ट्रान्सफर्मरहरू चार्ज हुन थप १२ घन्टा समय लाग्ने बताए ।

सौर्य विद्युत आयोजना जोडिएपछिको परीक्षण सकिएपछि अबको करिब ४८ घन्टापछिबाट नेपाल विद्युत प्राधिकरणलाई १५ दिनसम्म निशुल्क विद्युत दिने अवधि सुरु हुने पनि उनले बताए । यसअघि गत माग दोस्रो सातासम्ममा बाँके–२ सौर्य विद्युत आयोजनाबाट उत्पादन सुरु गर्ने भनिएपनि काम सम्पन्न हुन नसकेकाले २ महिना ढिलो गरी प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले नै निर्माण गरिरहेको १० मेगावाटको बाँके-१ सौर्य विद्युत आयोजना पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजना आगामी जुनमा प्रसारण प्रणालीमा आउने अर्यालले जानकारी दिए । यी दुवै सौर्य विद्युत आयोजनाबाट वार्षिक २० हजार २ सय ३४ मेगावाट घन्टा विद्युत उत्पादन गर्न सकिनेछ ।

गोल्यान समूहसँग भारतको रेनेर्गो डेभलपर्स प्रालि पनि जोडिएर काम गरिरहेको छ । गोल्यान समूहसँग ६० मेगावाट बराबरका सौर्य विद्युत आयोजना छन् । यो समूहको जलविद्युतमा पनि लगानी छ । सन् २०३० भित्र ९ सय मेगावाट विद्युत उत्पादन गरेर प्रसारण प्रणालीमा योगदान गर्ने गोल्यान समूहको लक्ष्य छ ।

Facebook Comments

Read Previous

ठमेलमा पर्यटक छन्, व्यापार छैन

Read Next

कालीगण्डकी करिडोर सडककाे स्तराेन्नति कार्य सुस्त हुँदा पर्यटकलाई सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar