
सांकेतिक तस्बिर
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीमा ठूलो लगानी गर्दै बहुमत संस्थापक सेयर हात पारेको छ । भदौ १० गते (मंगलबार) दुबै कम्पनीबीच औपचारिक सम्झौता भएको हो ।
सम्झौताअनुसार ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाईड्रोपावरको ५१ प्रतिशत संस्थापक सेयर किनेको छ। कम्पनीले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना विकास तथा निर्माण गरिरहेको छ। आयोजनाले विद्युत उत्पादनको अनुमति पनि प्राप्त गरिसकेको छ।
करिब ३९ अर्ब ५० करोड रुपैयाँ अनुमानित लागतमा बन्ने आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ। यसका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाइएको छ।
