Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

दीगो पूर्वाधार लगानी सम्मेलन सुरु, जलवायुमैत्री पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा जोड


काठमाडौं । दीगो पूर्वाधार लगानीसम्बन्धी सम्मेलन काठमाडौंमा सुरु भएको छ । दीगो पूर्वाधार विकासको लागि आवश्यक लगानीका विविध उपाय, असल अभ्यास र यसका चुनौतीहरूमा केन्द्रित सम्मेलनको उप-प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरी शुभारम्भ गरेका हुन् ।

सम्मेलनकाे उद्घाटन गर्दै भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले पूर्वाधार सबै प्रकारको विकासको लागि महत्त्वपूर्ण भए पनि नेपालको लागि अझ बढी आवश्यक रहेको बताए । ‘दीगो विकास लक्ष्यलाई प्राप्त गर्नको लागि ठूलो लगानी अभाव रहेको र त्यसलाई सम्बोधन गर्नको लागि सरकारमार्फत पनि प्रयत्न भइरहेको छ’ उनले भने ।

सार्वजनिक निर्माण गुणस्तर र दीर्घकालीन बनाउनलाई सहयोग पुर्याउन निर्माण व्यवसायीको भुमिका उत्तिकै महत्त्वपूर्ण हुनेमा उनले जोड दिए । ‘निर्माण व्यवसायीलाई सहजीकरण गर्नको लागि सरकारले खेल्नुपर्ने भुमिकामा सधै सहयोगी हुनेछ’ उनले भने ।

सम्मेलनका मूख्य वक्ता डा.बिन्दुनाथ लोहनीले एसिया प्यासिफिक क्षेत्रका देशले जीडीपीको तुलनामा पूर्वाधारमा गर्ने लगानी नेपालले गरिरहेको लगानी सबैभन्दा न्यून रहेको बताए । उनले ठूलो आर्थिक वृद्धि चाहाने हो भने पूर्वाधारमा गरिने लगानीमा पनि वृद्धि गर्नुपर्ने धारणा राखे ।

‘पूर्वाधारमा लगानी मात्र पर्याप्त छैन, पूर्वाधार परियोजनाको तयारी अझ महत्वपूर्ण रहेको छ । केही दशक अघिसम्म परियोजना लगानी र त्यसको आम्दानीमा केन्द्रित थियो,’ उनले भने,‘ अहिले वातावरण, स्थानीय समस्या, प्रकोप, जलवायुलगायतका विषयमा पनि ध्यान दिनुपर्ने अवस्थाको सिर्जना भएको छ । अब परियोजना निर्माण गर्दा थपिएका नयाँ विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने भएको छ।’

मुख्य वक्ता डा.लोहनीले अबको समयमा सहरी विकासलाई प्राथमिकत दिनुपर्नेमा जोड दिए । ‘सहरी जनसंख्यामा भएको तिब्र वृद्धिले पनि सहरी क्षेत्रमा निर्माण हुने पूर्वाधारलाई सबै प्रकारका प्रकोप र बस्नलायक बनाउनको लागि ध्यान दिनुपर्नेछ’ उनले भने ।
हरित पूर्वाधारमा जाँदा नेपालजस्ता देशलाई धेरै ठाउँबाट सहयोग मिल्ने उनको भनाइ छ । हरित पूर्वाधार निर्माण गर्दा प्राप्त हुन सक्ने लगानी ल्याउन नसकिरहेको र त्यसको लागि प्रयत्न गरिरहनुपर्नेमा जोड दिए ।

लगानी अभावलाई पूरा गर्न सरकारसँग पर्याप्त पुँजी नभए पनि निजी क्षेत्र र बहुराष्ट्रिय संस्थाहरूमार्फत ल्याउन सकिने बताए । नेपालका वाणिज्य बैंकले दीर्घकालसम्म लगानी गर्न नसक्ने तर विश्व बैंक, एशियाली विकास बैंक, पूर्वाधार विकास बैंकलगायतमार्फत लगानी ल्याउन फाइदाजनक हुने उनको विश्वास छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दीगो पूर्वाधारले विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यस क्षेत्रमा पनि दीगो पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता जोड दिए । ‘यस क्षेत्रमा भएका पूर्वाधार विकासका अनुभव र राम्रा अभ्यासहरुलाई सिकाइको रुपमा साझा गर्न पनि यो सम्मेलन सहयोगी हुनेछ’ उनले भने । यस सम्मेलनले नीति निर्मातालगायत सबै सरोकारवालालाई महत्वपूर्ण सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।

विश्व वन्यजन्तु कोष नेपालका डा. घनश्याम गुरुङले नेपालमा द्रुत गतिमा पूर्वाधार निर्माण भइरहेको र यही बेला दीगो र गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने उपयुक्त समय रहेको बताए । ‘हरित र दीगो पूर्वाधारलाई प्राथमिकता दिने विषयमा ढिलाइ गर्न हुदैन’ उनले भने ।


Read Previous

होटल पौवा प्रालिकाे होटल क्षेत्रमा ६० करोड लगानी, ३ सय बढीलाई रोजगारी   

Read Next

बागलुङ बरेङकाे ओखरेनी र छापगाउँमा पुग्याे राष्ट्रिय प्रणालीकाे विद्युत

Leave a Reply

Your email address will not be published.