Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम


तनहुँ । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।

ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।  बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो ।

‘यस वर्ष पर्यटन शाखामार्फत  २० लाख रूपैयाँ विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौं’ उनले भने ।

त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले क्यूआरकोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्यूआरकोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ ।

त्यसैगरी पर्यटकीय क्षेत्र बन्दीपुर–३ रामकोटमा यसै वर्ष ढुङ्गा बिछ्याउन थालिएको छ । उक्त कार्यका लागि रु आठ लाख विनियोजन गरिएको छ । त्यसैगरी आगामी वर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुङ्गा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।


Read Previous

‘डिजिटल उपभोक्ताको अधिकार सुरक्षित गर्न नीति र कार्यान्वयनमै समस्या’

Read Next

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही

Leave a Reply

Your email address will not be published.