Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन


काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले डा.सुर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेका छन् ।

पूर्वाधार विकासको विद्यामान प्रणालीका विभिन्न पक्षको पुर्नसंरचना आवश्यक सुधार गर्नको लागि समितिले काम गर्नेछ । कार्यदलमा सुनिलबाबु श्रेष्ठ, रामेश्वर खनाल, अरुणध्वज अधिकारी, कमलराज पाण्डे, राजेन्द्रराज शर्मा, विरेन्द्र पाण्डे र रोजी प्रधानांग सदस्य रहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, योजना महाशाखा प्रमुख शिव नेपाल कार्यदलको सदस्य सचिव तोकिएका छन् ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा भौतिक पूर्वाधार क्षेत्रको भूमिका साथै नीति योजना स्थापना मुद्दाहरू पुनर्भाषित गर्दै भौतिक पूर्वाधार विकासको स्पष्ट मार्गचित्र तयार गर्ने उद्देश्य राखिएको छ ।

समितिलाई तोकिएको कार्यक्षेत्र

कार्यदललाई भौतिक पूर्वाधार विकासका समग्र पक्षसँग सम्बन्धित मुद्धा र समस्याको पहिचान गर्ने कार्यक्षेत्र तोकिएको छ । त्यसरी तोकिएका क्षेत्रहरुमा ‘स्पासियल डिभेलपमेन्ट’ तथा क्षेत्रीय विकास पूर्वधारको समन्वयात्मक खाका तथा योजना तर्जुमा गर्नेछ ।

विभिन्न पूर्वाधार र प्रविधि (सड़क, रेल, हवाई, जल केवलकार लगायत) का यातायात सहित मल्टिमोडल प्रणाली र आर्थिक करिडोरको समन्वयात्मक भौतिक रुपरेखा कोर्ने काम गर्नेछ ।

राष्ट्रिय सडक, रेल, हवाई, जल तथा केवलकार सञ्जालको समन्वयत्मक र ‘सिमलेस’ गुरुयोजना तयार गर्नेछ । राष्ट्रिय, क्षेत्रिय तथा शहरी यातायात पूर्वाधार संरचनाको वर्गीकरण, डिजाईन तथा सञ्चालनको राष्ट्रिय मापदण्ड तयार गर्नेछ ।

व्यापार–पारवाहन ‘लजिस्टिक’ र यातायात पूर्वाधार तथा सेवाको अन्तरसम्बन्धलाई देखाउनेछ । आयोजना पहिचान, तयारी र डिजाइनको कार्यविधी तयारी, लगानी र वित्तीय स्रोत (वैकल्पिक) व्यवस्था, सार्वजनिक खरिद प्रणाली, आयोजना तथा निर्माण व्यवस्थापनबारे सुझाव दिनेछ ।

यसैगरी कार्यदलले मर्मत सम्भार तथा पूर्वाधारको भौतिक सम्पत्ति व्यवस्थापन, पूर्वाधारको प्रभावकारी उपयोग तथा सेवा सञ्चालन, व्यवस्थापन र नियमनको विषयमा अध्ययन गर्नेछ ।

दीगो, समावेशी मानवकेन्द्रित, लैंगिक अपांगता मैत्री, उत्थानशील यातायात विकासका नवीन अवधारणामा कार्यदलले काम गर्नेछ । पूर्वाधार विकास सम्बद्ध सरकारी तथा निजी क्षेत्रको क्षमता विकास र अन्तरसरकारी निकायबीचको समन्वय र सहजीकरणको विषयमा सुझाव दिनेछ ।

कार्यदलले माथि उल्लेखित पक्षहरुसँग सम्बन्धित मुद्धाहरु विद्यमान प्रणाली र कार्यविधिले के कति समेटिएको र समेटिएका मुद्धाको हकम के कस्ता कमी र कमजोरी रहेको र सफल वा असफल अनुभव कस्तो र परिणाम कस्तो भयो भन्ने बारेमा लेखाजोखा गर्नेछ ।

तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधान दिने

कार्यदलले पहिचान गरेको मुद्धा तथा समस्याहरुको तत्काल, मध्यकालीन र दीर्घकालीन समाधानका उपयुक्त उपायहरुको खोज र पहिचान गर्नेछ । कार्यदलले यस्ता उपाहहरुको तहगत वर्गीकरण गर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीका अनुसार कार्यदलले दिने सुझावहरु चार तहमा वर्गीकरण गरिनेछ । पहिलो नीति, नियम, कानून र संस्थागत, व्यवस्था रहेको छन् ।

दोस्रोमा योजना तर्जुमा मापदण्ड तथा आयोजना तयारीमा आधारित हुनेछ भने तेस्रोमा आयोजना व्यवस्थापनमा केन्द्रित हुनेछ । चौथोमा भने मर्मत, सम्भार, सेवा सञ्चालन तथा नियमनमा आधारित भएर सुझाव दिनेछ ।

यसबाहेक देखिएका वा भोगिएका समस्याको समाधानका उपायहरुको कार्यान्वयनका लागि आवश्यक प्राविधिक, वित्तीय तथा संस्थागत क्षमता विकासको कार्ययोजनासमेत कार्यदलले प्रस्तुत गर्नेछ ।


Read Previous

भारतसँग विद्युत प्रसारण तथा व्यापारका लागि जेएससी बैठक कोशेढुंगाः कुलमान

Read Next

फागुन २५ देखि जजिरा एयरलायन्सले पुनः उडान सुरु गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *