Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्म यातायात हड्ताल फिर्ता


काठमाडौं । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात मजदुर तथा अन्य सरोकारवालाको बैंठकले यातायात हड्ताल फिर्ता लिने निर्णय गरेको छ ।

उपप्रधान मन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले यातायात क्षेत्रमा रहेका समस्या र अवस्थाको बारेमा सुझाव दिनेगरी गठन भएको उच्चस्तरीय यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्मको लागि हड्ताल फिर्ताको निर्णय भएको हो ।

यातायात मजदुरहरुले प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आव्हान गरेका सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत माघ २९ गते गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सूचारु सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कार्यदल बैठकमा यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरि सुझाव लिने निर्णय गरेको छ । कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ, संघ र संगठनका प्रतिनिधिहरुलाई आवश्यकता अनुसार आमन्त्रण गर्ने निर्णय भएको छ ।

दोषीलाई कार्वाही र निर्दोषलाई तत्काल रिहाई गर्ने निर्णय

बैंठकले काठमाडौंस्थित गोंगबु नयाँ बसपार्कमा मजदुरहरुले गरेको कार्यक्रममा तोडफोड र लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै, काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीयबीच गोंगबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौं महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने, काठमाडौं महानगरपालिकाले यसको अनुगमन गर्ने साथै कम्पनी, महानगरपालिका र सम्बद्ध मजदुर संघसंगठनहरु र यातायात व्यवसायी महासंघहरुबीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार मन्त्रालयले गर्ने निर्णय गरिएको छ ।


Read Previous

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

Read Next

सराङघाट सबस्टेसन सञ्चालन,आँबुखैरेनी,बन्दिपुर र देवघाटबासीले गुणस्तरीय विद्युत पाउने

Leave a Reply

Your email address will not be published.