Nepal Purbadhar

बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौं आइपुग्यो


काठमाडौं । फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन्।

उनले गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए। नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रूपमा प्रयोग गरिन्छ। ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप भ्यिाइएको हो ।


Read Previous

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै

Read Next

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar