Nepal Purbadhar

तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो


दाङ । दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ। तुलसीपुर उपमहानगरपालिकाको साढे १४ करोड रुपैयाँ लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो।

लिफ्टसहित सात तलाको टावर निर्माणका लागि अहिले जग निर्माण गर्ने कार्य भइरहेको छ। साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ। २३ करोड रुपैयाँमा बोलपत्र आह्वान गरिए पनि समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोड रुपैयाँमा ठेक्का लिएको बताइएको छ।

कूल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो। ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुनेछ। उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालनमा आउनेछन्।

Facebook Comments

Read Previous

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

Read Next

अस्पताल भवन निर्माण : शिलान्यासको १८ महिना बित्दा जग समेत खनिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar