Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

अप्पर तामाकोसीको सेयर डिजिटलाइज गर्न दोलखाबासीमा आग्रह


काठमाडौं । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले भौतिकरूपमा बाँडफाँड गरिएको साधारण सेयर डिम्याट खातामा ल्याउन दोलखाबासीमा आग्रह गरेको छ । कम्पनीले सूचना सार्वजनिक गरी दोलखाबासीका लागि बाँडफाँड गरिएको साधारण सेयर डिम्याट र मेरो सेयरको खाता खोली डिजिटलाइज गर्न भनेको हो ।

दोलखाको बिगु गाउँपालिका–१ मा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावित स्थानीयबासी र जिल्लाबासीलाई उपलब्ध गराइएको सेयरको सहजरूपमा कारोबार गर्न अनिवार्यरूपमा डिम्याट खाता खोली मेरो सेयरमा ल्याउनु पर्ने भन्दै खाता खोल्न सूचनामार्फत अनुरोध गरिएको छ ।

‘स्थानीय सेयरधनीले डिम्याट र मेरो सेयरको खाता खोली सेयर अभौतिकिकरण गर्ने कार्य अहिले भइसकेको छ,’ जारी सूचनामा भनिएको छ,‘ तर, अझै पनि धेरै सेयरधनीसँग डिम्याट र मेरो सेयरको खाता नभएको हुँदा तत्कालै खाता खोली प्राप्त सेयर अभौतिकिकरण गर्न आग्रह गर्दछौं ।’

स्थानीयबासीले प्राप्त गरेको कम्पनीको सेयर डिम्याट खाता खोलेर मेरो सेयरमा जम्मा गरेपछि मात्रै खरिद बिक्री गर्न बाटो खुल्ने तथा भविश्यमा वितरण हुने बोनस र हकप्रद सेयर पनि डिम्याट जोडिएको मेरो सेयरमै पठाउनु पर्ने हुँदा ढिला नगरी खाता खोल्न अनुरोध गरिएको छ ।

कम्पनीको सेयर रजिष्ट्रर सनराइज क्यापिटलले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा माघ महिनाभरका लागि डिम्याट खाता र मेरो सेयरको खाता खोल्न निशुल्क सुविधा दिइरहेका कारण मौकाको फाइदा उठाउन पनि स्थानीबासीलाई आग्रह गरिएको छ । कम्पनीका अनुसार यो सुविधा लिन कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालय, सनराइज बैंक लिमिटेडका जुनसुकै शाखा तथा आयोजनाको गोंगरस्थित मुख्य कार्यालय सम्पर्क गरी डिम्याट र मेरो सेयरको खाता खोल्न सूचनामा भनिएको छ ।

अहिलेसम्म डिम्याट र मेरो सेयर खाता नखोलेका दोलखाबासीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा पासपोर्ट साइनको फोटो लिई आफैं उपस्थित हुनुपर्ने पनि सूचनामा जनाइएको छ । नाबालक सेयरधनीको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, संरक्षकको नागरिकताको प्रतिलिपि र पोसपोर्ट साइजको फोटो पनि पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यस्तै, सनराइज क्यापिटलको वेवसाइटमा गएर समेत अनलाइनबाट निशुल्करूपमा डिम्याट खाता खोल्न सकिने सुविधा रहेकोे छ । कम्पनीले दोलखामा निर्माण गरेको आयोजना अहिले सञ्चालनमा छ ।


Read Previous

नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

Read Next

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

Leave a Reply

Your email address will not be published.