Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
कलुवापुर-बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन काबेली बेसिनमा निर्माणाधीन ४७ मेगावाटका आयोजना ५ महिनामा प्रसारण प्रणालीमा आउँदै बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा    सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर    ८ खर्ब ५३ अर्ब रुपैयाँ लागतका जलविद्युत आयोजना अगाडि बढाउँदै उत्पादन कम्पनी    ३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

एमसीसी अनुदानकाे न्यू बुटवल सबस्टेसन निर्माणकाे जिम्मा लिंकसन इण्डियालाई,३९ महिनामा सम्पन्न गर्ने तालिका


काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माण गर्न ठेकेदार नियुक्त गरेकाे छ । एमसिए नेपालले याे सबस्टेसन निर्माण गर्ने ठेक्का भारतकाे लिंकसन इण्डिया प्रालिलाई निर्माण गर्न दिने गरी ठेक्का सम्झाैता गरेकाे छ ।

ठेक्का  सम्झाैतामा बिहीबार एमसिए नेपाल र भारतीय कम्पनीबीच ठेक्का सम्झाैतामा  हस्ताक्षर गरेको छ । याे सबस्टेसन एमसीसी परियाेजनाकाे बुटवल-गाेरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत निर्माण हुँदैछ । ठेक्का सम्झाैता अनुसार याे सबस्टेसन भारतीय कम्पनीले अबकाे ३९ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्नेछ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा  आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार, नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेकाे बताए । उनले  घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा ४०० केभी नयाँ बुटवल सबस्टेसनले सुधार ल्याउने बताए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले याे सबस्टेसन अन्तरदेशीय विद्युत व्यापारका लागि महत्त्वपूर्ण रहेकाे बताए । उनले याे सबस्टेसन निर्माण हुँदा अहिले बुटवलमा चालू अवस्थामा रहेकाे २२० केभी सबस्टेसनकाे लाेड व्यवस्थापनमा भविश्यमा सहयाेग पुग्ने बताए ।

कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारे । “एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ । बाँकी दुईवटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ,”उनले भने ।

एमसिए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक–एकवटा सबस्टेशन निर्माण गर्दैछ । ती सबस्टेसनका लागि निर्माण कम्पनीको छनोट हुँदैैछ ।

अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहेकाे एमसिए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिएअनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल–गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।


Read Previous

माथिल्लो काबेलीमा माछापुच्छ्रेकाे अगुवाईमा ३ बैंकले ४ अर्ब २३ करोड बढी लगानी गर्ने

Read Next

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

Leave a Reply

Your email address will not be published.