Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

तथ्याङ्क भनेकाे के हो ?


नेपाली बृहत् शब्दकोशले तथ्याङ्कलाई वास्तविकतामा आधारित तथ्याङ्क वा हिसाब भनेर परिभाषित गरेको छ । उक्त शब्दकोशले तथ्याङ्कको अलि स्तरीय परिभाषा दिँदै यसलाई गणितीय आधारमा प्रमाणित हुनसक्ने वस्तु सत्य भनेर उल्लेख गरेको छ ।

यो त भयो शब्दकोशको परिभाषा । तथ्याङ्कलाई धेरैथरी विद्वान् र निकायहरूले आ–आफ्ना प्रकारले परिभाषित गरेका छन् । यहाँ हामी सामान्य दुईओटा परिभाषाहरू हेराैं ।

मरियम वेबस्टर अङ्ग्रेजी शब्दकोशले तथ्याङ्कलाई अलि फराकिलो परिभाषामा समेटेको छ । यसले तथ्याङ्कलाई गणितकै एउटा शाखा मानेको छ जुन सांख्यिक आँकडाहरूको सङ्कलन, विश्लेषण, व्याख्या र यस्ता सांख्यिक आँकडाहरूको प्रस्तुतिसमेतलाई समेट्ने कार्यसम्म पर्दछ ।

हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको तथ्याङ्क ऐन २०७९ ले तथ्याङ्कको परिभाषा यसरी गरेको छः तथ्याङ्क भन्नाले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय लगायतका विवरण, लगत वा सूचना सम्झनुपर्छ र सो शब्दले त्यस्ता विवरण, लगत वा सूचनाको व्यवस्थित सङ्कलन, प्रस्तुतिकरण वा विश्लेषण गरी तयार गरिएको संख्यात्मक प्रस्तुतिलाई समेत जनाउँछ ।

तथ्याड्ढका केही सामान्य उदाहरणहरू

वि.सं. २०७८ को राष्ट्रिय जनगणनाले नेपालको कुल जनसंख्या २,९१,९२,४८० र त्यसमध्ये १,४२,९१,३११ जना पुरुष र १,४९,०१,१६९ जना महिला रहेको देखायो । यो तथ्याङ्क हो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले वि.सं. २०७८ असार मसान्तसम्म ८,६६,२०७ जना भूकम्प पीडितहरूको लाभग्राही संख्या रहेको जनाएको छ । यो अर्को तथ्याङ्क हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७८ साल फागुन मसान्तसम्म नेपालको कुल आन्तरिक ऋण रु ८ खर्ब, ६३ अर्ब १९ करोड छ भने बाह्य ऋण रु ९ खर्ब ८४ अर्ब ९९ करोड रहेको छ । यी दुवै राष्ट्र ऋणका तथ्याङ्क हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या १,५०,९६२ जना थियो । यो पनि एक तथ्याङ्क हो ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूका कुल २९३ स्थान प्रमुख पदमध्ये नेपाली कांग्रेसले १४१, नेकपा एमाले ८३, नेकपा (माओवादी केन्द्र) २५, नेकपा एकीकृत समाजवादी १२ र अन्यले १२ ओटा स्थानमा जित हासिल गरे । यो अर्को तथ्याङ्क हो ।

राष्ट्रिय योजना आयोगले सन् २०१९ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार १७.४ प्रतिशत नेपालीहरू बहुआयामिक गरिबीको रेखामुनि छन् । यो पनि तथ्याङ्क नै हो ।

यातायात व्यवस्था विभागले वेबसाइटमार्फत् सार्वजनिक गरेको एउटा तथ्याङ्क यस्ताे छ । आर्थिक वर्ष २०७५/७६ को २०७५ फागुन मसान्तसम्म नेपालभरि दर्ता भएका सवारी साधन (बस, मिनिबस, कार, भ्यान, जिप, पिकअप, माइक्रो, टेम्पो, इ–रिक्सा, ट्र्याक्टर/पावर टिलर, डोजर/क्रेन, मोटरसाइकल, अन्यसमेत) को कुल संख्या ३५,३९,५१९ रहेको छ ।

स्राेतः नीति तथा योजना र तथ्याङ्कसम्बन्धी प्रयोगात्मक पुस्तिका, राष्ट्रिय योजना आयोग


Read Previous

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

Read Next

नारायणगढ–मुग्लिन सडक : सकिएन भित्तो काट्ने काम

Leave a Reply

Your email address will not be published.