Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या   


म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । पहुँच मार्ग जीर्ण हुँदै गएपछि विश्वको सातौँ अग्लो धवलागिरि (८१६७ मिटर) हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन  १६७.३ मेगावाट क्षमताका ५ वटा जलविद्युत् आयोजनालाई निर्माण सामाग्री तथा उपकरण ढुवानीमा समस्या भएकाे हाे ।

तिल्केनीचौरदेखि मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–घ्याँसीखर्क हुँदै सेतिनी उपत्यकासम्म जलविद्युत् आयोजनाले उपकरण र निर्माण सामग्री ढुवानी गर्न बनाएको सडक साँघुरो, धुलो र ग्रेड नमिलेका कारण जोखिमयुक्त बनेको रघुगंगा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाहीले बताए ।

“पहुँचमार्ग मर्मत र स्तरोन्नति गर्न जलविद्युत् आयोजनाले उदाशिनता देखाउँदा जोखिम बढेको छ”, उनले भने, “मौवाफाँटदेखि दग्नाम जोड्ने बुग्ल, दवाङभित्र क्षेत्रको सडक सबैभन्दा जोखिमयुक्त बनेको हो । सम्बन्धित जलविद्युत् आयोजनालाई तत्कालन मर्मत गर्न ध्यानाकर्षण गराएका छौँ ।”

रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

जलविद्युत् आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीय सरोकारवालासमेतको गत हप्ता गाउँपालिकाको कार्यालयमा बसेको बैठकले बेनी–जोमसोम सडकखण्डस्थित घुमाउने तालदेखि पिप्ले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ, ग्रेडिङ र ग्राभेलसहित सडक स्तरोन्नति गर्ने सहमति भएको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

घुमाउनेतालदेखि च्यानडाँडासम्मको सडकमा रघुगङ्गा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ र ग्रेडिङ तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युत्को ठेकेदार जेपी एसोसियट्स कम्पनीले घुमाउने तालदेखि झिँ र दग्नाम जाने चोकसम्म तथा रघुगङ्गा माविको सरसाफ्टसम्मको नालीको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ र ग्रेडिङ तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठुलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

“सडक स्तरोन्नतिको लागत अनुमान तयार गर्ने र नापजाँचमा गाउँपालिकाका प्राविधिकलाई खटाउँछौँ, पटक–पटकको सहमति जलविद्युत् आयोजनाले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको छ”, उनले भने, “यसपटकको निर्णयलाई पालना गराउन गाउँपालिकाले निरन्तर पहलकदमी लिन्छ ।”


Read Previous

सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित

Read Next

नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

Leave a Reply

Your email address will not be published.