Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

सरकारको न्यूनतम साझा कार्यक्रम : अब सामाजिक सुरक्षा र अनुदान अनलाइनमार्फत सार्वजनिक गरिने


काठमाडौं । सरकारले  आगामी दिनमा सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘ नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ।

सरकारको न्यूनतम साझा कार्यक्रममा सुचना प्रविधिलाई प्राथमिकतामा राख्दै राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा, अनुदान र मलखादलगायत सबै प्रकारको छुट तथा सहुलियत अनलाइनमार्फत तत्काल सार्वजनिक गर्ने घोषणा गरिएको छ ।

यस्तै, इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने, डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, डाटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने र साइबर सुरक्षा सुनिश्चित गर्ने बताइएको छ ।

विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुनेसार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने घाेषणा गरेकाे छ ।

सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा तीव्रता ल्याउने, गैरकानुनी काम कारबाही र भ्रष्टाचार अन्त्य गर्न प्रविधिको अधिकतम सदुपयोग गर्ने घाेषणामा उल्लेख छ ।

कृषिकार्य, बजार मूल्य सूचना, रोजगारीका अवसर, राज्यले दिने सहुलियत तथा सुविधा, जनस्वास्थ्य, मौसम तथा विपद्सम्बन्धी जानकारी नियमित रूपमा नागरिक एप्सलगायतका एपमार्फत उपलब्ध गराउने पनि घोषणा गरेकाे छ ।


Read Previous

रूख कटानको आदेश पर्खाइमा महाकाली करिडोर

Read Next

घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

Leave a Reply

Your email address will not be published.