Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

४४१ मेगावाटका अर्धजलाशय आयोजना अध्ययन गर्न गोल्यान समूहलाई अमेरिकी अनुदान


काठमाडौं।औद्योगिक घराना गोल्यान समूहले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका ४४१ मेगावाटका दुई अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन गर्न अमेरिकी वित्तीय संस्था अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) बाट आर्थिक अनुदान सहयाेग प्राप्त गरेकाे छ । अमेरिकी फेडेरल बैंक डिएफसीले ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र १३५ मेगावाटको नाम्लाङ खोला अर्धजलाशय जलविद्युत आयोजनाको अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराएको हो ।

दुई आयोजनाको विस्तृत अध्ययनका लागि डिएफसीले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब १० करोड रुपैयाँ) दिने सहमतिमा हस्ताक्षर भई अनुदान प्राप्त हुने निश्चित भएकाे गोल्यान समूहकाे इनर्जी  डिभिजनका प्रमुख प्रवीण अर्यालले बताए । ‘हामीले पहिले नै यी दुई आयोजनाको अध्ययनका लागि आर्थिक अनुदानको प्रस्ताव अमेरिकी फेडेरल बैंक डिएफसीलाई गरेका थियौं,’ उनले भने,‘हाम्रो प्रस्ताव स्वीकृत भएपछि डिएफसीको अनुदान पाएका छाैं । यो रकम आयोजनाको विस्तृत अध्ययनका लागि खर्च हुन्छ ।’

दुवै आयोजना अहिले अध्ययनको चरणमा छन् । अनुदानबापतकाे रकम प्राप्त भएपछि अर्धजलाशय आयोजनाकाे विज्ञमार्फत विस्तृत अध्ययन सुरु गरिने उनले जानकारी दिए । ३ वर्षअघि नै यी आयोजनाको अनुमतिपत्र लिइसकेकोमा कोभिड–१९ महामारीका कारण अध्ययन लम्बिएको पनि उनले बताए । उनका अनुसार अमेरिकाले नेपालमा निजी क्षेत्रका जलविद्युत आयोजनाकाे अध्ययनका लागि  भनेर पहिलाे पटक अनुदान दिन लागेकाे बताए ।

अर्यालका अनुसार अमेरिकी अनुदानमा अब सन् २०२४ भित्र दुवै आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माणमा लैजाने योजना छ । गोल्यान समूहले अनुदान माग गरेर लगेको प्रस्तावबारे सन् २०२२ को जुनबाट विभिन्न चरणकाे बैठक  र छलफलपछि डिएफसीले स्वीकृत गरेको थियो ।

गोल्यान समूहले डिएफसी समक्ष विभिन्न चरणमा आयोजनाबारे ‘प्रजेनटेशन’ गरेको थियो । डिएफसीले गोल्यान समूहले गरेको प्रस्तावको करिब ८ महिना लगाएर अध्ययन गरेपछि मात्रै स्वीकृत गरेको अर्यालले बताए ।

डिएफसीले डिसेम्बर आएर गोल्यान समूहलाई अनुदान उपलब्ध गराएको अर्यालले बताए । आयोजनाको विस्तृत अध्ययनका लागि डिएफसीले तोकेको मापदण्डअनुसार प्रतिस्पर्धा आह्वान गरी परेका प्रस्तावको मुल्याङ्कन भइरहेको पनि उनले बताए ।

‘अहिले हामीले दुई आयोजनाको विस्तृत अध्ययन गर्नका लागि मात्रै वैदेशिक अनुदान पाएका छौं । अर्धजलाशय आयोजनामा ठूलो लगानी आवश्यक पर्ने हुँदा निर्माणका लागि चाहिने लगानी पनि वैदेशिक सहयोगबाट जुटाउन हामीले कुरा राखेका छौंं’ उनले भने । उनले आयोजनाको विस्तृत अध्ययन सकिएपछि वैदेशिक लगानी ल्याउने मोडालिटी तयार गरेर डिएफसीलाई लगानीकर्ताकोरूपमा भित्र्याउने सम्भावना रहेको बताए ।

आयोजना निर्माणमा लैजानु अगाडि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी आवश्यक लगानीको जोहो गर्ने कार्य पनि सम्पन्न गरिने अर्यालले बताए । दुवै अर्धजलाशय आयोजनाबाट सुख्खा याममा पनि ६ घन्टा विद्युत उत्पादन गर्न सम्भव हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

गाेल्यान समूहले २ छुट्टा छुट्टै सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्नेछ ।  गोल्यान समूहले नवीकरणीय ऊर्जाको क्षेत्रमा ठूलो लगानी गरिसकेको छ । जलविद्युत र सौर्य गरी ९ सय मेगावाट बढीका आयोजना गोल्यान समूहसँग छन् । सन् २०३० सम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा यी आयोजनाको विद्युत जोडिसक्ने लक्ष्य छ ।


Read Previous

काठमाडौं भ्यूटावर अर्काे वर्षदेखि सञ्चालनमा, निर्माणकाे लागि ताेकेकाे म्याद सकिएकै भयाे ४ वर्ष

Read Next

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन व्यवसायी उत्साहित   

Leave a Reply

Your email address will not be published.