Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न


नगरकोट । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्मस् (स्काएफ) नेपालको आयोजना तथा निर्माण व्यवसाय विकास प्रवद्र्धन केन्द्र र नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा ५ दिने पुल डिजाइनको उच्चस्तरीय तालिम नगरकोटमा सम्पन्न भएको छ ।

पुल डिजाइनको तालिममा स्काएफ नेपालका सदस्य संस्था, सडक विभाग, विद्युत विकास विभाग, यातायात इन्जिनियर मञ्च, निर्माण व्यवसाय महासंघको सदस्यहरुमध्ये पुल डिजाइनको प्रारम्भिक तालिम लिएका २७ जना छनौट भई तालिम लिएका थिए । सो तालिममा स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोग रहेको थियो ।

बैशाख ९ गते तालिमको उद्घाटन स्काएफका अध्यक्ष इ. ठाकुर प्रसाद शर्मा र सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख इ. ललितजङ खनालले संयुक्त रूपमा गरेका थिए । तालिमको वरिष्ठ इन्जिनियर शकिल मानन्धर, वरिष्ठ इ. रन्जन मानन्धर, इ. सुरेश अर्याल र इ. सरोज घिमिरेले प्रशिक्षण दिएका थिए । यस्तै, इ. मोहन शर्मा, इ. स्मृती कोजु र इं सुश्मिता महर्जनले प्रशिक्षण सहयोगीको भूमिका निभाएका थिए ।

त्यसैगरी बैशाख १० गतेबाट नगरकोटस्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा संचालित प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी उच्चस्तरीय तालिममा २९ जनाको सहभागिता रहेको थियो ।

आवासिय रूपमा संचालित दुवै तालिमहरुको संयुक्त समापन नगरकोटस्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा भएको थियो । स्काएफ नेपालका महासचिव तथा तालिम निर्देशक इ. कमल काकीको संयोजनमा दुवै तालिम संचालन भएका थिए ।


Read Previous

हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

Read Next

तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

Leave a Reply

Your email address will not be published.