Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण


काठमाडाैं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ७९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमी वितरण सञ्जालमध्ये ४२७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनकाे भनाइ छ।

वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्/टिम्स्कु/मार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल÷शैलुङ जेभीले काम गरिरहेको छ ।

७ अर्ब ३६ करोड ३ लाख ८४ हजारको लागतमा दोस्रो चरणको  वितरण सञ्जालको काम भइरहेको हो । निर्देशनालयले पहिलो चरणमा १ हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ ।

त्यसमध्ये ५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।


Read Previous

निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण गराउन दुई उप्रधानमन्त्रीसँग महासंघ प्रतिनिधिमण्डलको भेट

Read Next

ठेकेदार अदालत गएपछि टेकु पुल अलपत्र

Leave a Reply

Your email address will not be published.