Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने  

मर्मत नहुँदा सिसी क्यामरा प्रयोगविहीन


भरतपुर। चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन् ।

सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन् ।

सिसिटिभी नचल्दा बजार क्षेत्र र सडक वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटना अनुसन्धानमा प्रहरीलाई समस्या हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार जिल्लामा ३७ वटा सिसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा बिग्रिएका छन् ।

जिल्लाका केन्द्रीय बसपार्क, हाकिमचोक, चौबीसकोठी, बीरेन्द्र क्याम्पसचोक, लायन्सचोक, सहिदचोक, पुलचोक, आँपटारी, मुग्लिङलगायत अन्य विभिन्न क्षेत्रमा ३७ वटा क्यामेरा जडान भएका छन् ।

त्यसमध्ये २० वटा क्यामेरा सञ्चालनमा छैनन् । क्यामेरा बिग्रेको महिनौँ हुँदा पनि मर्मत गरिएको छैन ।

सञ्चालनमा रहेका १७ वटा क्यामेरा पनि राम्रो गुणस्तरका छैन् । जसको कारण सडक दुर्घटनामा गाडीको नम्बर पत्ता लगाउन कठिन रहेको पण्डितले बताए ।

भरतपुर महानगरपालिकासँग समन्वय गरेर क्यामरा मर्मतको काम समय समयमा गर्दै आएको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका शाखा अधिकृत झलक श्रेष्ठले महानगरले क्यामेरा जडानको निर्णय नगरेको तर बिग्रेको क्यामेरा मर्मत जिल्ला प्रहरीसँग समन्वय गरेर गर्दै आएको बताए ।


Read Previous

नेपालगञ्ज–गुलरिया सडकखण्ड निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

Read Next

मैलुङ-स्याफ्रुबेँसी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग १० महिनादेखि अलपत्र

Leave a Reply

Your email address will not be published.