Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने


काठमाडौं । कोभिड–१९ का कारण रोकिदै आएको नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने तय भएको छ ।  होटल संघ नेपालका अनुसार असोज ९ गते आइतबार कन्क्लेभ हुने तय भएको हो ।

असोज ८ मा आयोजना हुन गइरहेको संघको अर्धवार्षिक साधारणसभाका बखतसम्मेलनको समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो आतिथ्यता एक दिवसीय सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याहरुको समाधान खोज्न सहयोग पुग्ने प्रकारका सत्रहरु उक्त सम्मेलनमा सञ्चालन गरिनेछ ।

कोभिड–१९ को महामारीबाट पुनरुत्थानका क्रममा रहेको व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यासहरु प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न र समग्र पर्यटनको विकासका लागि यस सम्मेलनले केन्द्रीय भूमिका खेल्ने विश्वास लिइएको छ ।

विभिन्न सत्रमा होटल सञ्चालमा नीतिगत, दीर्घकालिन रुपमा होटलका विभिन्न विभागहरुमा प्रभावकारी हुने हुँदा सोही अनुसारका सुझावहरु नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले जानकारी दिइन ।

अर्धवार्षिक साधारणसभा र आतिथ्यता सम्मेलन दुवै दिन होटलहरुमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्रीहरु उपलब्ध गराउने कम्पनी तथा व्यवसायीहरुलाई समेटी वृहत प्रदर्शनी रहने छ । संघबाट प्रकाशित गरिएको कफि टेबुल बुकको विमोचन कार्यक्रम समेत तय गरिएको छ ।


Read Previous

‘पूर्वाधारमा पुँजीगत खर्च कम हुनुमा परियोजना व्यवस्थापनमै कमजोरी’

Read Next

विद्युत नियमन आयोगको सार्वजनिक सुनुवाईमा उपस्थित हुने बारे

Leave a Reply

Your email address will not be published.