Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

बंगलादेशले तीन महिनाभित्र नेपालबाट ५० मेगावाट बिजुली लैजाने


काठमाडौं । बंगलादेश सरकारले ३ महिनाभित्र नेपालबाट ४० देखि ५० मेगावाट बिजुली खरिद गर्ने भएको छ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा यस्तो सहमति भएको हो ।

बंगलादेशसम्म नेपालकाे विद्युत पुर्याउन भारतीय भूमिकाे प्रयाेग हुने हुँदा यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठक बसी टुंग्याउने निर्णय भएको छ । बिहीबार नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारी र बंगलादेशको तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव  मोहम्मद हबिबुर रहमानकाे नेतृत्वमा जेएससी बैठक सबेको थियो ।

ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवालले बैठकले बंगलादेशको भेडमारा–एचपीडीसीको संरचनामा नेपालबाट ४० देखि ५० मेगावाट हाई भोल्टेज डारेक्ट करेण्ट लान सक्ने अवस्था देखिएकोले यसका लागि तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर टुंगो लगाउने निर्णय भएको बताए ।

उनका अनुसार, यसका लागि नेपाल विद्युत प्राधिकरण, भारतीय विद्युत व्यापार कम्पनी (एनभीभीएन) र बंगलादेश पावर डेलभपेन्ट बोर्डबीच बैठक बस्नेछ । बंगलादेश सरकारले नेपालबाट बिजुली आयात गर्ने योजना अघि सारेपछि यसलाई जेएससी बैठकले मूर्त रूप दिएकाे हाे । यो कार्यान्वयन भएमा दुई देशबीचको बिजुली व्यापारका लागि ठूलाे कोशेढुंगा सावित हुनेछ ।

बैठकमा नेपाल र वंगलादेशबीच विद्युत व्यापार सम्झौता (पीटीए) गर्नका लागि आवश्यक तयारी अघि बढाउने सहमति समेत भएको छ । साथै नेपाल र बंगलादेशबीच डेडीकेटेड प्रसारण लाइन निर्माणका लागि दुवै देशले पहल गर्ने निर्णय समेत गरेको प्रवक्ता भेटुवालले जानकारी दिए ।


Read Previous

सन् २०२५ देखि नेपाल वर्षभरी नै जलविद्युत निर्यात गर्ने मुलुक बन्छ: ऊर्जामन्त्री भुसाल

Read Next

सुनकोसी-३ निर्माण गर्न संयुक्त कम्पनी बनाइने, लगानीका लागि बंगलादेश तयार

Leave a Reply

Your email address will not be published.