Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्ष २०७८/७९ मा समग्र भौतिक प्रगति ८० प्रतिशत गरेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयको कूल १ खर्ब ३ अर्ब ८० करोड ८१ लाख बजेटमध्ये ७९ अर्ब ५४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । यसअनुसार समष्टिगत वित्तीय प्रगति भने ७६ दशमलव ६६ प्रतिशत छ । मन्त्रालयको मात्रै भौतिक प्रगति भने ६० प्रतिशत देखिएको छ । त्यस्तै, वित्तीय प्रगति ६४ प्रतिशत छ ।

ऊर्जामा भन्दा जलस्रोत र सिँचाइको प्रगति राम्रो

मन्त्रालयका २ क्षेत्रमध्ये ऊर्जामा भन्दा जलस्रोत तथा सिचाइमा राम्रो प्रगति देखिएको छ । सिचाइमा भौतिक प्रगति ८७.९३ प्रतिशत रहेको छ । जबकि ऊर्जा क्षेत्रको भौतिक प्रगति ७७ प्रतिशत मात्र छ ।

गत आव ऊर्जामा ७२ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये ५४ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ खर्च भएको हो । यसअनुसार वित्तीय प्रगति ७५ प्रतिशत मात्र रहेको छ भने जलस्रोत तथा सिचाइ मन्त्रालयको वित्तीय प्रगति ८१ प्रतिशत छ । जलस्रोत तथा सिचाइमा गत वर्ष ३० अर्ब ८२ करोड ३६ लाख मध्ये २४ अर्व ९५ करोड २ लाख खर्च भएको छ ।

चौंथो त्रैमासिकमा वार्षिक बजेटको ३३ प्रतिशत खर्च 

मन्त्रालयको कुल बजेटमध्ये पछिल्लो ३ महिनामा मात्र ३३ प्रतिशत खर्च भएको छ । कूल बजेटमध्ये पछिल्लो ३ महिनामा ३४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ खर्च भएको हो । यी ३ महिनामा कुल बजेटको ९६ प्रतिशत खर्च भएको छ ।

निकायगत भौतिक प्रगति

    निकाय वार्षिक बजेट लाखमा वार्षिक खर्च

लाखमा

वार्षिक वितीय प्रगति (प्रतिशतमा) वार्षिक भौतिक प्रगति

(प्रतिशतमा)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय १६२५ १०४४ ६४ ६०
बूढीगण्डकी जलविद्युत आयोजना ६१६८० ६०४२६ ९८ ९८
विद्युत विकास दशकसम्बन्धी कार्ययोजना १३३ ७२ ५५ ८०
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २७५२३ २३२२२ ८४ ८३
विद्युत विकास विभाग, २४२५१ ६९६१ २९ ६२
जल तथा ऊर्जा आयोग १४०४ १२३७ ८८ ७४
नेपाल विद्युत प्राधिकरण ६००६२८ ४३९४५४ ७३ ७५
विद्युत उत्पादन कम्पनी ७५०० १०२१३ १३६ ४०
राष्ट्रिय प्रशारण ग्रीड कम्पनी ५००० ३३१० ६६ ६७
जलस्रोत तथा सिँचाइ विभाग, २९७७२५ २४११९९ ८१ ८८
जलस्रोत अनुसन्धान तथा विकास केन्द्र १३६७ १२३७ ९० ९८
जल तथा मौसम विभाग ८२१७ ६३६५ ७७ ९२
भूमिगत जलस्रोत विकास समिति ९२६ ६९९ ७५ ८१

           स्रोत: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय


Read Previous

चिप्लेबेँसी-स्यार्क्यु लाइन पुनर्निर्माणपछि मनाङकाे तिमाङ र थानचोकमा विद्युत पुग्यो

Read Next

१४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना (फाेटाे फिचर)

Leave a Reply

Your email address will not be published.