Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

युरोपेली देशलाई २८ वर्षमा ६ लाख मेगावाटको स्टोरेज चाहिने


काठमाडौं । युरोपेली राष्ट्रहरूलाई अबको २८ वर्षमा ६ लाख मेगावाट विद्युतको स्टोरेज आवश्यक पर्ने भएको छ । दि युरोपियन एशोसियसन फर स्टोरेज अब इनर्जी (इएएसई) ले गरेको अध्ययन अनुसार सन् २०५० सम्मको विद्युतको माग व्यवस्थापन गर्न यति स्टोरेज आवश्यक पर्ने देखिएको हो ।

सन् २०३० अर्थात अबको ८ वर्षमा मात्रै २ लाख मेगावाटको स्टोरेज आवश्यक पर्ने इएएसईको रिर्पोटलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । युरोपको अहिलेको स्टोरेज क्षमता करिब ६० हजार मेगावाट छ ।

विद्युतको माग अनुसारको आपूर्ति व्यवस्थापन गर्ने गरी लक्ष्य पूरा गर्न वार्षिक १४ हजार मेगावाट बराबरको स्टोरेज जडित क्षमतामा थप गर्नुपर्ने आवश्यकता रहेको समाचारमा जनाइएको छ । ऊर्जा भण्डारण क्षमता विस्तार गर्न अहिले नै कदम नचालिएको अवस्थामा सन् २०३० सम्ममा २ लाख मेगावाट भण्डारण गर्ने लक्ष्य पूरा गर्न कठिन हुने रिर्पोटमा भनिएको छ ।

‘युरोपियन युनियनमा आवद्ध राष्ट्रहरूले तत्कालै ऊर्जा भण्डारणको लक्ष्य पूरा गर्न रणनीतिक योजना बनाएर आजैबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ,’ रिर्पोटमा भनिएको छ ,‘विद्युतको भण्डार क्षमता बढाउन जलविद्युत, सौर्य र वायु ऊर्जाका परियोजनामा लगानी बढाउन आवश्यक छ ।’

सन् २०३० सम्ममा ६७ हजार मेगावाटको ब्याट्री स्टोरेज, ६५ हजार मेगावाट पम्प स्टोरेज गरिएको जलविद्युत, ५५ हजार मेगावाट भण्डारण गरिने ऊर्जा र ४० हजार मेगावाट इलेक्ट्रोलाइजर क्षमता रहनु पर्ने भनिएको छ ।

यस्तै, सन् २०५० सम्मको विद्युत उत्पादनको लक्ष्य पूरा गर्न ६५ हजार मेगावाट पम्प स्टोरेज जलविदुत आयोजनाबाट उत्पादन गनुपर्ने अध्ययन रिर्पोटमा उल्लेख छ । २ लाख मेगावाट दीर्घकालिन ऊर्जा भण्डारणका लागि, १ लाख २० हजार मेगावाट विद्युतीय सवारी साधन सञ्चालनका लागि र ५० हजार मेगावाट ब्याट्रि स्टोरेजलगायत गरी ६ लाख मेगावाट पुर्याउनु पर्ने उल्लेख छ । यसमा ४ लाख ३५ हजार मेगावाट विद्युतीकरणका लागि, १ लाख ६५ हजार मेगावाट प्रविधि सञ्चालनका लागि चाहिने समाचारमा जनाइएको छ ।

विद्युत उत्पादन तथा वितरण प्रणालीलाई लचिलो बनाउन प्राकृतिक ग्यासबाट उत्पादन हुने विद्युतको सट्टा विद्युत ब्याट्रीमा स्टोरेज गर्न सकिने तथा पम्प स्टाेरेज परियोजनामा जानु पर्नेमा जोइ दिइएको छ । सन् २०५० सम्मकै लक्ष्य पूरा गर्न उत्पादन भएको विद्युतको भण्डारण उद्योग स्थापना तथा संरचना निर्माणमा समानान्तररूपले लगानी बढाउनु पर्ने देखिएको रिर्पोटको निश्कर्षमा भनिएको छ । कार्बन उत्सर्जन कम गर्न युरोपेली राष्ट्रहरूले गरेको प्रतिबद्धता पूरा गर्नका लागि पनि इनर्जी स्टोरेज आयोजनाको निर्माणबाट योगदान पुग्ने उल्लेख छ ।

अन्तर्राष्ट्रि समाचार एजेन्सीको सहयोगमा अनुवाद


Read Previous

सुरु भयो डिजिटल नेपाल कन्क्लेभ, उपराष्ट्रपति पुनद्वारा उद्घाटन

Read Next

अर्थमन्त्री र विश्व बैंकका प्रबन्ध निर्देशकबीच भेट, हालसम्म तीन अर्ब डलर बराबरको वित्तीय सहकार्य

Leave a Reply

Your email address will not be published.