Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

हिन्दुकुश पर्वतीय क्षेत्रका देशमा दीगो विकास प्रवद्धन गर्न युएनडीपी र इसिमोडबीच समझदारी


काठमाडौं । हिन्दुकुश पर्वतीय क्षेत्रमा रहेका देशहरुमा दीगो विकासलाई प्रवद्धन गर्न संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच सहमति भएको छ ।

यी दुई संस्थाबीच सहकार्य समझदारीपत्रमा राष्ट्र संघकी सहायक महासचिव तथा एशिया र प्यासेफिक क्षेत्रिय निर्देशक कन्नी विग्नाराजा र इसिमोडका महानिर्देशक डा.पेमा ग्याम्शोले विहीबार पोखरामा हस्ताक्षर गरे ।

समझदारीअनुसार युएनडीपी र इसिमोडले हिन्दुकुश पर्वतीय क्षेत्रमा रहको संस्थाहरुबीच सहकार्य वढाउन क्षेत्रिय सहयोगको प्रारुप तयार गर्नेछन । त्यसै प्रारुपअनुसार संस्थाहरुबीच अनुभव बाँड्ने, क्षमता अभिवृद्धि गर्नुको साथै अभ्यास र नीतिहरु विकास गरिनेछ ।

राष्ट्र संघकी सहायक महासचिव तथा एशिया र प्यासेफिक क्षेत्रिय निर्देशक कन्नी विग्नाराजाले इसिमोडसँग हिन्दुकुश पर्वतीय क्षेत्रका देश अनुकुल दीर्घकालीन साझेदारीको सहमतिमा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको बताइन् । ‘यस क्षेत्रको जटिल चुनौतिहरुलाई सम्बोधन गर्नको लागि एउटै साझा नदी प्रणालीमा समेटिने सीमापारसम्मका देशहरुबीच सहयोग आवश्यक छ’ उनले भनिन् ।

उनले गंगा नदी प्रणालीले समेट्ने चीन, नेपाल, बंगलादेश र भारतको संलग्नता आवश्यक रहेकोमा जोड दिइन् । युएनडीपीले यस क्षेत्रका देशहरुबीच जलवायुसम्बन्धी तथ्यांक र प्रविधि साझा गर्ने, जलवायु सुरक्षा र जोखिमसम्बन्धी योजना निर्माण, बाढी नियन्त्रण गर्ने पूर्वाधार निर्माण र बाढीबाट हुने हानी र क्षतिको अन्तरदेशीय वित्तीय र विमा हुने व्यवस्थाको लागि अभिप्रेरित गर्ने उनको भनाइ छ ।

इसिमोडकी महानिर्देशक डा.पेमा ग्याम्शोले समझदारी हिन्दुकुश क्षेत्रको लागि ‘गेम चेञ्जिङ’ तहको भएको बताए । ‘विशेषगरी यस क्षेत्रको क्षमता र तुलनात्मक लाभ लिनको लागि सहयोगी हुनुको साथै जलवायु परिवर्तन, जैविक विविधताको नाश र वायु प्रदुषणलाई रोकथाम गर्ने कामलाई सहकार्यले वृद्धि गर्नेछ’ उनले भने ।

दुवै निकायले जलवायु, पानी, जैविक विविधता र प्रकृत संरक्षण, सीमापार जलवायु रोकथाप र अनुकुलन, क्षमता वृद्धि र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्नेछन् । सहकार्यले यस क्षेत्रमा सामाजिक आर्थिक र खाद्य सुरक्षामा पनि जोड दिनेछ ।

सन् २०२० मा युएनडीपी र इसिमोडलको संयुक्त प्रतिवेदनले हिमाली क्षेत्रमा नयाँ हिमताल बनिरहेको र पूराना हिमतालको आकार बढिरहेको उल्लेख गरेको थियो । यसले त्यस क्षेत्रमा हिमताल फुट्ने र बाढी आउने सम्भावना बढाइरहेको देखाएको थियो ।

कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा पर्ने नेपाल, भारत र चीनको स्वशासित भुभाग तिब्बतमा न्यूनतम पनि ४७ हिमताल फुट्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ । यस्ता जोखिमलाई सम्बोधन गर्न पनि यस क्षेत्रमा काम गर्ने निकायबीच सहकार्य आवश्यक रहेकोमा समझदारीले जोड दिएको छ ।

यो सहकार्यले हिन्दुकुश पर्वतीय क्षेत्रमा रहेका ८ देशबीच सहयोग वृद्धि हुनेछ । यस क्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान छन् ।


Read Previous

पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

Read Next

बजेट विपन्न वर्गलाई सम्बोधन गर्ने गरी आएको छ: डा. विश्वनाथ पौडेल (अन्तर्वार्ता)

Leave a Reply

Your email address will not be published.