Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण

काबेली-३ आयोजनामा लगानी जुट्यो, एनएमबी र सेन्चुरी बैंकले ऋण दिने


काठमाडौं । प्रदेश–१ को ताप्लेजुङ स्थित सिरीगंगा गाउँपालिकामा निर्माण हुने २१.९३ मेगावाटको काबेली–३ जलविद्युत आयोजनामा लगानी जुटेको छ । प्रवर्द्धक काबेली हाइड्रो पावर कम्पनीले आयोजना निर्माण गर्न आवश्यक ऋण लगानी जुटाएको हो ।

आयोजनामा एनएमबी बैंकको अगुवाईमा सेन्चुरी कर्मसियल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको छ । कूल ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २ बैंकले ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ बराबरको ऋण लगानी गर्न लागेका हुन् ।

आयोजनाको प्रवर्द्धक कम्पनी र बैंकबीच सोमबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कम्पनीका अध्यक्ष राजेशकुमार खड्का तथा बैंकका प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

अध्यक्ष खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षरित सम्झौता आदान– प्रदान गरे । बैंकहरूले गर्ने ऋण लगानी कूल लागतको ७५ प्रतिशत हो । ऋण बाहेकको २५ प्रतिशत लगानी स्वपुँजी हुनेछ ।

काबेली-३ एनएमबी बैंकले ऋण लगानी गरेको ४३औं जलविद्युत आयोजना हो । लगानी गरेका सबै आयोजना मध्ये २७ आयोजनामा अगुवाई गरेको बैंकले जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग यो आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ । आगामी असोजबाट आयोजनाको संरचना निर्माणको काम सुरु गरिने प्रवद्र्धक कम्पनीका सञ्चालन मोहनबिक्रम कार्कीले बताए ।

‘अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘विद्युतको पहुँच पुर्याउने कार्य पनि भइरहेको छ । आवसगृह तथा कार्यालय भवनलगायत सबै काम सकिएपछि असोजदेखि संरचनाको काम अघि बढ्छ ।’ २०७८ फागुनदेखि आयोजना निर्माण पूर्व सम्पन्न गर्नुपर्ने कामको थालनी गरिएको थियो ।

उनले निर्माण सुरु भएको २ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताए । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ । अमरपुर सबस्टेसनसम्म आवश्यक पर्ने २० किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।

काबेली-३ कार्की संलग्न भएको १०औं जलविद्युत आयोजना हो । उनले यसअघि प्रत्यक्ष संलग्न भई १ मेगावाटको कुथेली बुखरी साना जलविद्युत आयोजना हुँदैे सुपर माई, सुपर माई ‘ए’, सुपर माई क्यासकेड, चेपेखोलालगायत आयोजना निर्माण गरेका छन् । चेपेखोलाको निर्माण अन्तिम चरणमा छ ।


Read Previous

राष्ट्रिय गौरव, रुपान्तरणकारी र ठूला आयोजना मात्र संघले निर्माण गर्ने

Read Next

विपन्नलाई निशुल्क विद्युत मिटर जडान, बुढीगण्डकी स्वदेशी लगानीमा निर्माण

Leave a Reply

Your email address will not be published.