Nepal Purbadhar

मझिमटारमा आकाशे पुलको गर्डर राख्न मलेखु-मुग्लिङ सडक २ घण्टा बन्द


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज (मंगलबार) दुई घण्टा बन्द गरिने भएको छ।

चितवनको मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्ने काम गर्न बिहान ९ बजेदेखि ११ बजेसम्म सडकमा पूर्ण रूपमा सवारी आवागमन रोक्न लागिएको हो।

नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार उक्त अवधिमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।

आयोजनाले सडक बन्द रहने समयमा चालक तथा यात्रुलाई धैर्य गर्न, लेन अनुशासन कायम राख्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ। यसअघि सोमबार पनि चार घण्टा सडक बन्द गरेर निर्माण कार्य गरिएको थियो।


Read Previous

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा १ जनाको मृत्यु, एक घाइते

Read Next

विद्युत् सुरक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्न, देशभरका वितरण केन्द्रमा पनि प्रशिक्षण दिइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar