Nepal Purbadhar

नारायणगढ-मुग्लिन सडकको आवधिक मर्मतका लागि तीन कम्पनीको बोलपत्र


काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए-नेपाल) ले नारायणगढ-मुग्लिन सडकखण्डको आवधिक मर्मत कार्यका लागि तीन ओटा बोलपत्र प्राप्त गरेको छ।

एमसिए-नेपालका अनुसार २०८३ असोज ७ गते मर्मत कार्यका लागि बोलपत्र प्राप्त भएको हो। बोलपत्र पेश गर्नेमा लामा-मार्कोलाइन्स संयुक्त उपक्रम, शर्मा-कुमार संयुक्त उपक्रम र एसएण्डपी इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि. रहेका छन्।

नारायणगढ-मुग्लिन सडकखण्ड आवतजावत तथा सामान ढुवानीका लागि महत्वपूर्ण मार्ग भएकाले नियमित मर्मतमार्फत सडकको अवस्था दुरुस्त राख्नु आवश्यक रहेको एमसिए-नेपालले जनाएको छ।

सडकको आवधिक मर्मतसम्बन्धी विस्तृत जानकारी एमसिए-नेपालले उपलब्ध गराएको सूचनामार्फत लिन सकिने जनाएको छ।


Read Previous

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षामा जोड

Read Next

मन्त्रिपरिषद्का निर्णय: स्वास्थ्य क्षेत्रमा २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने देखि अन्य के के?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar