Nepal Purbadhar

नाइमा अटो शो: टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाखसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै


काठमाडौँ। टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ।

नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष हुने भएको छ। अटो शोको अवसरमा कम्पनीले नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ मोडलको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने र ग्राहकलाई नयाँ उत्पादन तथा अनुभव उपलब्ध गराउने कम्पनीको लक्ष्य छ।

टोयोटा नेपालका अनुसार विशेष छुट अटो शो अवधिमा गरिने गाडीको बुकिङमा मात्र लागू हुनेछ।

अफरअन्तर्गत ग्राहकका लागि विशेष ड्राइभसमेत घोषणा गरिएको छ। नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा ‘Elite Explorers Kanya Kumari Drive’ मा सहभागी हुने अवसर पाउनेछन्।

त्यसैगरी, अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले Community Drive मा सहभागी हुने अवसर पाउने कम्पनीले जनाएको छ।

टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको विशेष अफर गाडी खरिदमा मात्र सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा तथा सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो।

अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, नयाँ मोडल सार्वजनिक कार्यक्रममा सहभागी हुन तथा विशेष अफरको लाभ लिन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ।


Read Previous

सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा अस्थायी तटबन्ध निर्माण हुँदै

Read Next

डिजिटल रूपान्तरण र प्रविधि पत्रकारितामा सहकार्य गर्दै क्यान महासंघ र टीजेएफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar