Nepal Purbadhar

इप्पानको ऊर्जा मन्त्रालय तथा भवन निर्माण समितिको संयोजकमा पन्त, ऊर्जामन्त्रीलाई दिइयो जानकारी


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तलाई ऊर्जा मन्त्रालय समन्वय तथा भवन निर्माण समितिको संयोजकको जिम्मेवारी दिएको छ।

इप्पान कार्यसमितिको हालै बसेको बैठकले पन्तलाई ऊर्जा मन्त्रालयसँग हुने समन्वय, छलफल, सहकार्य तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा संस्थाको तर्फबाट नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो।

इप्पानका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई बधाई दिन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा आयोजना गरेको भेटघाटका क्रममा पनि संस्थाले पन्तलाई प्रदान गरिएको उक्त जिम्मेवारीबारे मन्त्रीलाई जानकारी गराएको थियो।

इप्पानका अनुसार पन्तले अब मन्त्रालयसँग संस्थाको नियमित समन्वय, ऊर्जा क्षेत्रका साझा मुद्दामा संवाद तथा आवश्यक लबिङका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछन्।

यसैबीच, इप्पानले पन्तलाई संस्थाको भवन निर्माण समितिको संयोजकको जिम्मेवारी पनि दिएको छ। संस्थाले आफ्नै केन्द्रीय भवन निर्माण गर्ने तयारी गरिरहेको र सो प्रक्रियालाई अघि बढाउन उक्त समितिले आवश्यक काम गर्ने जनाएको छ।


Read Previous

झापाको बुद्दशान्तीमा लालपुर्जा वितरण, ५ अव्यवस्थित परिवार बने जग्गाधनी

Read Next

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar