Nepal Purbadhar

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त


काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित अन्य पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।


Read Previous

ऊर्जा र कृषि मन्त्रालयबीच सहकार्य, सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना अघि बढाउने तयारी

Read Next

दृष्टिविहीनहरूको आन्दोलन स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar