
काठमाडौं । सरकारले सन् २०८५ र नेपाल आरोग्य वर्ष २०२७ सफल बनाउन सघन तयारी गर्ने घोषणा गरेको छ।
उच्च मूल्यका पर्यटकलाई लक्षित गरी रिसोर्ट तथा होटल निर्माण र सञ्चालनमा भौतिक तथा वित्तीय प्रोत्साहन दिने व्यवस्था गरिने सरकारको भनाइ छ।
पर्यटन गतिविधिलाई आरोग्य पर्यटन (Wellness Tourism) को मूल विषयवस्तुमा आधारित गरी ब्रान्डिङ गरिनेछ। साथै पर्यटकका स्रोत मुलुकहरूलाई विविधीकरण गर्दै पर्यटन क्षेत्र विस्तार गरिने योजना पनि अघि सारिएको छ।
यसैबीच, नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुस महिनाभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने सरकारको घोषणा छ।
प्राधिकरणभित्र नियामक र सञ्चालन (regulatory and operational) भूमिकालाई स्पष्ट रूपमा अलग गर्दै संस्थागत सुधार गरिने जनाइएको छ।
