
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई चिनियाँ विदेश मन्त्रालयले बधाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश दिएका हुन् । मन्त्रालयले भनेको छ, ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुश्री सुशीला कार्कीलाई बधाई छ । चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ ।’
साथै मन्त्रालयले चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने रदुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने समेत बताएको छ ।
Facebook Comments