Nepal Purbadhar

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद विस्तारको तयारी


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार गर्ने भएकी छिन् ।

बिहान ११ बजे उनले सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

भदौ २३ र भदौ २४ मा भएको जेनजी पुस्ताको आन्दोलन र त्यसपछि निर्मित राजनीतिक घट्नाक्रमपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । जेनजी पुस्ताले चयन गरेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राती प्रधानमन्त्रीमा नियुक्ती गर्दै शपथ ग्रहण गराएका थिए ।

कार्की प्रधानमन्त्री भएसँगै संसद पनि विघटन भएको छ ।

आइतबार पदभार ग्रहण गरेपश्चात कार्कीले मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी रहेको छ । तर, मन्त्रि परिषद्को आकार कत्रो हुने र को को मन्त्रि हुने भन्ने विषयमा भने अहिलेसम्म केही सार्वजनिक भएको छैन ।


Read Previous

नयाँ सरकारसँग निजी ऊर्जा क्षेत्र सहकार्य गर्न तयारः इप्पान

Read Next

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई चीनको बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar