
काठमाडौं । काठमाडौं । ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । शुक्रबार कार्कीलाई ६ महिनामा निर्वाचन गर्ने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
जेनजी आन्दोलन उग्र भएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि अन्तरिम सरकारको नेतृत्व सुशिला कार्कीले गरेकी हुन् ।
Facebook Comments