Nepal Purbadhar

जेन जीको प्रदर्शनमा कुलमान घिसिङको ऐक्यवद्धता


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन् ।


‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।

‘उज्यालो नेपाल’ वत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो ।


Read Previous

संसद् भवन अगाडि पुगे जेनजी प्रदर्शनकारी

Read Next

पोखरामा जेनजीको प्रदर्शनमा विद्यालय पोशाकमै विद्यार्थी सहभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar