Nepal Purbadhar

नेपाली बजारमा भित्रियो एमजीको आकर्षक प्रिमियम गाडी आईएम सिक्स, कति पर्छ मूल्य ?


काठमाडौं । नेपाली बजारमा आकर्षक प्रिमियम कार आईएम सिक्स सार्वजनिक भएको छ ।

मोरिस ग्यारेज (एमजी) को कार पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याएको हो ।

यो कारसंगै एमजीको सब ब्राण्ड आइएम नेपाली बजार प्रवेश गरेको छ । उसैले यो कार बनाएको हो । आइएम सिक्स यहि साउन २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिने छ ।

यो कारले अन्तर्राष्ट्रिय बजारमा एकदमै राम्रो रिभ्यु पाइरहेको छ । आइएम सिक्सले विश्व बजारमा टेस्ला वाइसँग प्रतिस्पर्धा गरिरहेको छ ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्री अनुसार गाडीको १७५ एमएम ग्राउण्ड क्लियरेन्स छ । गाडीको लम्बाई ४.९ मिटर छ । यो गाडी आईएम डिजिटल च्यासिसमा उत्पादन भएको हो ।

गाडीमा फोर ह्‍विल स्टेयरिङ सिस्टम छ ।जसले टर्निङमा रेडियस राम्रो हुन्छ । गाडीमा फ्युचरस्टिक एआई छ । रेनि नाइट मोड उपलब्ध छ । जसले पानी परेको समयमा पनि राम्रो भिजन प्रदान गर्छ ।

कम्पनीले नेपालमा ल्याएको मोडलमा १०९ किलोवाटको इलेक्ट्रिक मोटर छ । जसको पीक टर्क ४५० न्युटन मिटर छ । ७५ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४५० किमीसम्म रेन्ज दिन्छ । भित्र र बाहिरको डिजाइन प्रिमियम छ ।

गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ पर्छ ।


Read Previous

अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धिसँग जोडौं: भौतिक पूर्वाधार मन्त्री दाहाल

Read Next

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

Nepal Purbadhar