Nepal Purbadhar

गभर्नरको सम्पत्ति: दुई ठाउँमा घर, ४५ तोला सुन, १५ लाखको हिरा


काठमाडौं । नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

गभर्नरले पेश गरेको विवरणअनुसार उनको दुई ठाउँमा घर रहेको छ । श्रीमती प्रतिभा शर्माका नाममा ललितपुरको साबिक सैबुमा २७९५ वर्ष फिटमा फैलिएको घर र नवलपरासी गैंडाकोटमा २५०० वर्ष फिटमा फैलिएको घर रहेको छ । सैबु र गैंडाकोटमा रहेका घरहरु प्रतिभा शर्माको नाममा रहेको ललितपुर सैंबुस्थित वडा नम्बर ४ को ६४६ कित्ता नम्बरको ०-५-०-२ क्षेत्रफलको जग्गा रहेको छ । उक्त जग्गा पैतृक तथा स्वआर्जन गरिएको र यसको खरिद मूल्य १ करोड ५५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नवलपरासी गैंडाकोट वडा नम्बर १ स्थित ४१७२ र ४१७४ कित्ता नम्बर मा ०-१-२-२ क्षेत्रफल र ०-४-१-३ क्षेत्रफलको ६० लाख रुपैयाँको जग्गा रहेको छ ।

त्यस्तै, पौडेलको स्वामित्वमा सुनका गहना करिब ४५ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सुनको गहनाको स्रोत पैतृक रहेको विवरणमा उल्लेख छ । त्यस्तै, करिब १५ लाख रुपैयाँको हिराका गहना पनि रहेको विवरणमा उल्लेख छ, जसको प्राप्तीको स्रोत भने स्वआर्जन रहेको छ ।

गभर्नर पौडेलका नाममा सानिमा बैंक लिमिटेडमा नेपाली र डलर खाता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा नेपाली खाता रहेको छ । सानिमा बैंकको नेपाली खातामा उनको १३ लाख २३ हजार १९२ रुपैयाँ ५८ पैसा रकम रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा २ लाख ५९ हजार ३४४ रुपैयाँ रकम मौज्दात रहेको छ । साथै सानिमा बैंकको डलर खातामा ६६.७८ अमेरिकी डलर मौज्दात रहेको छ ।

उनकी श्रीमती प्रतिभा शर्माको नाममा सानिमा बैंक लिमिटेडमा १२ हजार ५४७ रुपैयाँ ११ पैसा रकम मौज्दात रहेको छ भने प्रभु बैंक लिमिटेडमा ४ लाख ७३ हजार ८२२ रुपैयाँ ५५ पैसा रकम मौज्दात रहेको छ । सानिमा बैंकमा रहेको डलर खातामा भने ४ हजार ४४६.५८ अमेरिकी डलर मौज्दात रहेको छ ।

साथै, गभर्नर पौडेलको नाममा सानिमा बैंक लिमिटेडमा २ लाख ४४ हजार १७६ प्रवर्द्धक सेयर रहेको छ, जसको मूल्य २ करोड ४४ लाख १७ हजार ६०० रुपैयाँ रहेको छ । सानिमा माइ हाइड्रोपावरमा उनको ९२ हजार ५७९ साधारण सेयर रहेको छ जसको मूल्य ९२ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, उनको सानिमा मिडल तमोर हाइड्रोपावरमा १ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख ८८ हजार प्रवर्द्धक सेयर, ग्लोबेको प्रालिको ९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८६ हजार ८३४ सेयर, संयुक्त उर्जा हाइड्रोपावर,चितवनको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता प्रवर्द्धक सेयर र चितवन इनर्जि लिमिटेडको २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार प्रवर्द्धक सेयर स्वामित्वमा रहेको छ ।

त्यस्तै, उनकी श्रीमती प्रतिभा शर्माको नाममा ग्लोबेको प्रालिमा ७५ हजार कित्ता प्रवर्द्धक सेयर रहेको छ, जसको मूल्य ३७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

गभर्नर पौडेलको सवारी साधनका रुपमा भने श्रीमती प्रतिभा शर्माकव नाममा दर्ता रहेको सुजुकीको गाडी रहेको छ जसको खरिद मूल्य ४४ लाख रुपैयाँ विवरणमा उल्लेख गरिएको छ ।

Facebook Comments

Read Previous

समयमा आयोजना नसकिँदा हिलाम्मे सडक, जनतालाई सास्ती

Read Next

प्रभु हेलिकप्टरको व्यापार घट्यो, एक वर्षमा २६ करोडको व्यापार

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar