Nepal Purbadhar

आगामी आर्थिक वर्षका लागि करिब २० खर्बको बजेट आउने


काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) का लागि करिब २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको  छ। स्रोतका अनुसार  नयाँ बजेटको आकार २० खर्ब २१ रुपैयाँ पुग्नेछ ।

हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेको छ। सोही आधारमा हेर्दा आगामी वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी हुनेछ ।

तर, बजेटको स्रोत व्यवस्थापन पक्ष भने चुनौतीपूर्ण देखिएको छ। राजस्व संकलन लक्ष्यभन्दा धेरै कम छ । सस्तो लोकप्रियताका लागि भीमकाय बजेट ल्याउने र मध्यावधी समीक्षामार्फत घटाउँने पूरानै रोग लागेको छ । जुन पुन:दोहोरिने निश्चित छ ।  


Read Previous

२० लाख ७९ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत, रोजगारदाता कति?

Read Next

आगामी आर्थिक वर्षको बजेट भाषण सुरु,लाईभ