
काठमाडौं । सरकारले ३६५.४२ मेगावाटका ८ परियोजना बुट मोडलमा निर्माण गर्ने भएको छ ।
विद्युत विकास विभागले यी परियोजना बुट मोडलमा निर्माणका लागि आशयपत्र जारी गरेको छ ।
दुधकोसी-४, बेनी कालीगण्डकी,हुम्ला कर्णाली, इन्खुवा खोला,कालीगण्डकी अपर, लोती कर्णाली, लोवर होङगु, संखुवाखोला जलविद्युत आयोजना बुट मोडलमा निर्माण गर्न लागेको हो ।
५०.५ मेगावाटको बेनी कालीगण्डकी हाइड्रोपावर म्याग्दी र पर्वतमा निर्माण हुनेछ । विद्युत विकास विभागले यो परियोजनाको अध्ययन गरेको हो । यो नदी प्रवाही आयोजना हो ।

४७ मेगावाटको दुधकोसी-४ जलविद्युत आयोजना सोलुखुम्बुमा पहिचान भएको छ । ६१.०२ मेगावाट हुम्ला कर्णाली जलविद्युत आयोजना हुम्लामा निर्माण हुनेछ ।
२१.४ मेगावाटको इंखु खोला जलविद्युत आयोजना सोलुखुम्बुमामा पहिचान भएको छ ।
६५ मेगावाटको कालीगण्डकी अपर जलविद्युत आयोजना म्याग्दीमा निर्माण हुनेछ । लोती कर्णाली अर्ध जलाशय प्रकृतिको आयोजना हो । यसको जडित क्षमता ४९.५ मेगावाट छ । हुम्लामा पहिचान भएको छ ।
३०.२ मेगावाटको लोवर होङ्गु जलविद्युत आयोजना सोलुखुम्बुमा निर्माण हुनेछ ।
४०.८ मेगावाटको शंखुवाखोला-१ जलविद्युत् आयोजना संखुवासभा र भोजपुरमा निर्माण हुनेछ ।
इच्छु्क कम्पनीले जुन ८ सम्म आवेदन दिन सक्नेछन् ।