Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडककाे स्तरोन्नति अन्तिम चरणमा   


कैलाली । एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।

सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका अनुसार धनगढीमा पहिलो चरणमा निर्माणका लागि सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चर्चसम्मको २.०७ किलाेमिटर, धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला) सम्म १.३८ किलोमिटर र चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस गेटसम्म ३.६५ किलोमिटरकाे स्तराेन्नति भइरहेकाे छ ।

त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, डिभोटी–जाई, हसनपुर रोड १.१५ किलोमिटर र मालपोत रोडमा ४३ मिटर छ । एसियाली विकास बैंक (एडीबी) ले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको १ अर्ब ३५ करोड रुपैयाँ बजेटबाट १०.२५ किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा सडक स्तरोन्नतिको काम भइरहेको आयोजनाका सूचना अधिकारी शौरभ कलौनीले बताए ।

उनका अनुसार १०.०८ किलोमिटर सडक स्त्तरोन्नतिका लागि १२ जुलाई सन् २०२० मा ३१ मार्च २०२४ मा सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सनसँग ७६ करोड ९० लाख ६७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । स्तरोन्नति भइरहेका सडकको भौतिक प्रगति ८५ देखि ९० प्रतिशत रहेको कलौनीले जानकारी दिए । पहिलो चरणमा निर्माणाधीन अधिकांश सडकको काम सम्पन्न भइसकेको छ भने केही निर्माणाधीन सडकको काम अन्तिम चरणमा रहेको उनकाे भनाइ छ ।

धनगढी चौराहा–कैलालीपुल, हुलाकी सडकदेखि जाखोर ताल, चटकपुर रोडदेखि क्याम्पस गेट र डिभोटी–पिपल चौतारा–जाई सडकमा साइकल पथको पनि व्यवस्था गरिएको जनाइएको छ । साइकल पथको चौडाइ एक दशमलव पाँच मिटर रहको छ भने नालीको चौडाइ एक दशमलव दुईदेखि दुई मिटर रहकको जनाइएको छ ।

क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राण्ड विद्युतीकरण निर्माणसहितको ४ लेन र २ लेनका सडक निर्माण डिपिाएका गर्ने उल्लेख गरिएको आयोजना कार्यालयले जनाएको छ ।

यसैगरी, उपमहानगरसँग सीमा जोडिएको कैलालीको गोदावरी नगरपालिकामा पनि कार्यान्वयनमा रहेका गेटा अस्पताल–जोनापुर, गेटा–लालपुर, हरैया–चौराही, लालपुर– गौठी, कत्था फ्याक्ट्री–जोनापुर, चौकीडाँडा–चाक्ले खोलालगायत सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

गोदावरीमा निर्माणाधीन सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको सूचना अधिकारी कलौनीले बताए । गोदावरीमा कालिका कन्ट्रक्सनसँग ५४ करोड ४३ लाख ९७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको जनाइएको छ ।


Read Previous

सरस्वती बहुमुखी क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

Read Next

झापाका २ खानेपानी आयोजनालाई ३२ करोड बजेट,यसै महिना ठेक्का प्रक्रियामा जाने   

Leave a Reply

Your email address will not be published.