Nepal Purbadhar

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण   


गण्डकी । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) मा सिँढी बाटो निर्माण गरिएको छ ।  पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको हाे ।

गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित  २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको २६५ मिटर बाटोका लागि १० लाख रुपैयाँ र बाबियाडाँडा ठाँटीको  २८५ मिटर बाटोका लागि १० लाख रुपैयाँ छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेपछि सञ्चालनमा आएकाे छ । सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।

दुलेगौडादेखि रामबाछासम्म कूल ७२ किलोमिटर दूरीको यस पदमार्गलाई पछिल्लो नक्साङ्कनअनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ ।कोभिडलगायतका कारण बीचको समय सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उहाँले बताउनुुभयो


Read Previous

मेलाकाे आम्दानीले मच्छिम गाउँमा पर्यटकीय पूर्वाधार निर्माण   

Read Next

जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु