Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग   


काठमाडौं ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री समक्ष माग गरेको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आइतबार नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेर देशभरको यातायात क्षेत्रको सुधारका लागि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको हो ।

महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रको लगानी संरक्षणका साथै व्यवस्थित ढंगले  यातायात सेवा सञ्चालन गर्न मन्त्रीसमक्ष अनुरोध गरेको छ । मन्त्री महासेठले सरोकारवाला निकायसँग समन्वय गरेर यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आइतबार नै महासंघको टोलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर यातायात क्षेत्रका समस्या समाधानका निम्ति गम्भीर हुन आग्रह गरेको थियो ।


Read Previous

ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

Read Next

तनहुँ जलविद्युत आयाेजनामा १७ सयभन्दा बढी स्थानीयलाई रोजगारीकाे अवसर,आधा काम सकियाे

Leave a Reply

Your email address will not be published.