Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक


त्रिशूली । नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने समय अगावै सम्पन्न भएकाे हाे ।

रोहना कन्स्ट्रक्सनमार्फत गरिएको उक्त सडकको स्तरोन्नतिको काम तोकिएको गुणस्तर अनुसारनै भएको अनुगमनका क्रममा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिए । पालिकाको नियमित अनुगमन, निर्माण व्यवसायीको इमान्दारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ ।

सडक स्तरोन्नतिका लागि गाउँपालिकाले एक करोड १२ लाख रुपैयाँ लागतको बोलपत्र आह्वान गरेको थियो । उक्त सडक योजनाकाे काम  ७५ लाख ९१ हजार रुपैयाँमा सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले समयमै काम सम्पन्न भएकामा खुसी व्यक्त गरे । तादी गाँउपालिका–३ खारनीटारबाट दोर्खुखोला हुदै तादी–१ उर्लेनीसम्म पुग्ने उक्त सडकअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा करिब ६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।

सडक स्तरोन्नतिपछि दुर्गम उर्लेनी र लच्याङका बासिन्दालाई पालिकाको केन्द्र खरानीटारहुँदै सदरमुकाम विदुर र राजधानी काठमाडाैं आउजाउ गर्न सहज बनाएको छ ।

बागमती प्रदेश सरकार र तादी गाउँपालिकाको सयुक्त लगानीमा विनियोजित बजेटबाट उक्त कार्य पूरा भएको हो । खरानीटार–दोर्खुखोलासम्मको सडकको स्तरोन्नति भएसगैँ उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताए ।  दोर्खुखोलामा ४१ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ ।


Read Previous

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

Read Next

तारकेश्वर र टोखा जोड्न विष्णुमतीमा पक्की पुल निर्माण सुरु   

Leave a Reply

Your email address will not be published.