Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी


गण्डकी । उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक९सहश्राव्दी पदमार्ग० क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् । कोरोनालगायत विविध कारण विगतका केही वर्ष यस क्षेत्रको पदयात्रामा पर्यटक आउने क्रम घटे पनि आगामी दिनमा पर्यटकको आगमन बढ्ने आशा पलाएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

कोरोना महामारीपछि सुस्ताएको यहाँको पर्यटन व्यावसायमा पछिल्ला दिनमा उत्साह थपिँदै गएको बताउँदै उहाँले नयाँ याम सुरु हुँदै गर्दा युरोपियन राष्ट्रका विभिन्न छ समूहले अग्रिम बुकिङ गरिसकेको जानकारी दिए । “पदयात्रा गर्नका लागि दिनानुदिन आउने गरेका सोधपुछका कारण पनि हामी उत्साहित छौँ”, गुरुङले भने, “युरोपियन राष्ट्रकै पदयात्री पर्यटकको एउटा समूह यतिखेर मिलेनियम ट्रकमा पदयात्राकै क्रममा छ ।” सुस्ताएको पर्यटनलाई गति दिने उद्देश्यले समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गत जेठ २६ गतेदेखि ३२ गतेसम्म उक्त क्षेत्रमा पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा पदयात्रामा खटिने पथप्रदर्शकसहित सरोकारवाला समेतको प्रवर्द्धनात्मक भ्रमण गराइएको उनले बताए ।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने उक्त पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएको हो । यस पदमार्गको पहिलो नक्शाङ्कन विसं २०६४र६५ मा गरिएको थियो । “समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यस पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ”, गुरुङले भने, “पूरै पदयात्रा सम्पन्न गर्न एक हप्ता लाग्ने भए पनि बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य हो ।”

दुलेगौँडादेखि रामबाछासम्म जोडिएको पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउए । “दुलेगौँडाबाट गाछेपानीस्थित रक गार्डेन, च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा हुँदै भैँसेगौँडा पुग्न सकिन्छ”, उनले भने, “भैँसेगौँडाबाट चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै स्याङ्जाको रामबाछा पुगी पदयात्रा सम्पन्न हुन्छ ।”

कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकले समेत यस क्षेत्रमा पदयात्रा गर्न सक्ने अध्यक्ष गुरुङले बताउँछन् । उनका अनुसार पदयात्री पर्यटकलाई लक्षित गरी यस मार्गका विभिन्न १७ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आएका छन् । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा रिसोर्ट एवम् अन्य विभिन्न पूर्वाधार थपिने क्रममा रहेका छन् । पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारीतर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, कृष्ति आदिका मनोरम भूभागले यहाँ आउने पर्यटकको मन लोभ्याउने अध्यक्ष गुरुङको भनाइ थियो ।


Read Previous

ऊर्जा क्षेत्रको विकासका लागि ८५ बुँदे कार्यक्रम

Read Next

राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति

Leave a Reply

Your email address will not be published. Required fields are marked *