Nepal Purbadhar

साँफे–मार्तडी सडक अवरुद्ध


बाजुरा । शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो । सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने भण्डारीको भनाई छ । पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् ।


Read Previous

वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत भन्दा बढी सम्म कर्जा दिने

Read Next

पर्यटकीय गन्तव्य बन्दै मायाटार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar