Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह


सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले थप क्षति पु¥याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग मागेको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदैे आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे ।

बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसँग सहयोग मागिएको उनले बताए । सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि एक करोड रुपैयाँ पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि देखाए ।

हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै रु तीन–चार करोड आवश्यक पर्ने उनको भनाइ छ । बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत क्षेत्रको शनिबार निरीक्षण गरेका छन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । अबिरल वर्षाका कारण जिल्लाको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचना, चनौटे बेलीब्रिज, मेलम्ची बेलीब्रिजलगायत केही घरमा बाढीले क्षति पुर्याएको छ ।


Read Previous

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

Read Next

‘डायलायसिस’ सेवा शुरु गर्दै आँबुखैरेनी अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *